निमोनियाको संक्रमणपछि प्रचण्डको अस्पताल बसाइ लम्बियो
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमोनियाको हल्का संक्रमण देखिएपछि केही दिन अस्पतालमै राखेर उपचार गरिने भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालले आइतबार जारी गरेको विज्ञप्तिमा प्रचण्डमा निमोनियाको हल्का संक्रमण पुष्टि भएको र आवश्यक उपचार सुरु गरिएको जनाएको छ। अस्पतालका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
चिकित्सकहरूको सिफारिसअनुसार प्रचण्डलाई आगामी २–३ दिन अस्पतालमै राखी निरन्तर निगरानी र हेरचाह गरिने अस्पतालले जनाएको छ।
स्वास्थ्य परीक्षण र उपचारको क्रममा उनको अवस्था सामान्य र नियन्त्रणमा रहेको अस्पतालको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस