Techie IT
२०८२ कार्तिक ३, सोमबार

विपिन जोशीको शव आज नेपाल ल्याइँदै


काठमाडौं — इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ।

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो। सो विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा सहभागी हुने तयारी गरिएको छ।

अध्ययनका लागि इजरायल पुगेका जोशीलाई गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाएको थियो। त्यसयता उनको अवस्था अज्ञात रहँदै आएको थियो।

तर, गत असोज २७ गते इजरायली अधिकारीहरूले जोशीको मृत्यु भएको पुष्टि गरेका थिए। इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाटका क्रममा हमासले जोशीको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।

डीएनए परीक्षणपछि शव जोशीकै भएको प्रमाणित भएको थियो। फरेन्सिक परीक्षणका क्रममा अपहरण भएताकै समयमा उनको मृत्यु भएको निष्कर्ष निकालिएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्।

नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ स्मारक र बेनगुरिएन विमानस्थलमा विपिनप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। श्रद्धाञ्जलीका क्रममा उनको शव रहेको कफिनमा नेपाली झण्डा आढाइएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट