हातखुट्टामा नेल र हत्कडी लगाएर अमेरिकाबाट ३५ नेपाली डिपोर्ट
अमेरिकाको अप्रवासन नीतिविपरीत त्यहाँ बसोबास गर्दै आएका ३५ नेपालीलाई मंगलबार राति अमानवीय व्यवहार गर्दै नेपाल फिर्ता (डिपोर्ट) गरिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि प्रहरीले उनीहरूलाई मानव बेचबिखन अनुसन्धान व्युरोमा ल्याएर प्रारम्भिक सोधपुछ गरेको र त्यसपछि आ-आफ्नो बासस्थान फर्किएको बताइएको छ।
मानव बेचबिखन अनुसन्धान व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीका अनुसार फर्काइएका सबैले ‘डंकी रुट’ (अनधिकृत बाटो) प्रयोग गरेका थिए। उनीहरू सबैले विभिन्न दलाललाई रकम बुझाएर अमेरिका प्रवेश गरेको स्वीकारे पनि कसको माध्यमबाट गएको भन्ने खुलाउन भने नमानेका छन्।
प्रहरीले “उजुरी दिन चाहनुहुन्छ ?” भनेर सोध्दा पनि सबैले उजुरी नदिने बताएका थिए। डिपोर्टका क्रममा उनीहरूलाई अमेरिकाबाट विमान चढाउने बेलादेखि नै हातमा हत्कडी र खुट्टामा नेल लगाइएको थियो।
हात–खुट्टा बाँधिएको अवस्थामै लामो यात्रामा बस्नुपरेकाले सुत्न पनि नपाएको र खानपिन राम्रो नभएको उनीहरूले गुनासो गरेका छन्। फर्काइएकामध्ये ३६ वर्षीया शाह थरकी एक महिला, र १९ वर्षीय एक किशोर पनि छन्। केही विद्यार्थी उमेरका नेपाली पनि डिपोर्ट भएका छन्।
प्रहरीका अनुसार ‘डंकी रुट’ मार्फत अमेरिका पुगेर त्यहाँ अध्ययन र काम दुवै गर्दै आएका धेरैजना निकै निराश देखिएका छन्। कसै–कसैलाइ अमेरिका पठाउने एजेण्टले रकम फिर्ता दिने आश्वासन दिएको हुँदा उजुरी नगर्ने बताएका छन्। धेरैले आफैँले आफैँ सम्पर्क गर्ने भन्दै प्रहरीसँग थप विवरण नदिएका छन्।
डिपोर्ट भएका नेपालीको सूची–




तपाईको प्रतिक्रिया दिनुहोस