अवैध लागूऔषधसहित १४ जना पक्राउ

देशभर विभिन्न स्थानमा प्रहरीले १४ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ ।
काठमाडौंको नागढुङ्गा र बौद्धबाट दुई जना, बाँके र सुनसरीबाट तीन जना, भोजपुरबाट दुई जना, कैलालीका विभिन्न स्थानबाट सात जना, बारा र बर्दियाबाट एक–एक जना पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट डाईजेपाम, प्रोमेथाजिन, बुप्रेनोर्फिन, ट्रामाडोल, ब्राउनसुगर, खैरो हेरोइन, चरेश र गाँजा गरी ठूलो मात्रामा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस