Techie IT
२०८२ फागुन १८, सोमबार

किराना पसलबाट १२ लाख बढी नगद र गाँजा बरामद


काठमाडौं । काठमाडौंको विजयचोकस्थित एक किराना पसलबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित लागुऔषध गाँजा बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ।

लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–९ मा रहेको ‘शिवानि स्टोर’मा छापा मारेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन्।

प्रहरीले उनीहरूको शरीर तथा पसलमा खानतलासी गर्दा स्रोत नखुलेको १२ लाख ४७ हजार रुपैयाँ नगद फेला पारेको जनाएको छ। बरामद रकममध्ये एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट रहेका छन्।

नगदसँगै ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएको छ। साथै, कारोबारमा प्रयोग भएको आशंका गरिएको बा ८८ प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि लागुऔषध र अवैध रकमसम्बन्धी थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट