Techie IT
२०८३ श्रावण २०, बुधबार

मिनिटिलर खरिदमा विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै मङ्गलबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले साविक प्रदेश नं ५ (लुम्बिनी प्रदेश) को कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीविरुद्ध रु ४३ लाख ३७ हजार पाँच सय बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनका लागि सम्झौता पत्रमा उल्लेख भए बमोजिम मिनिटिलर खरिद नगरी कम गुणस्तरको खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले २०८० चैत १९ गते फैसला गरेको थियो ।

यस्तै, आयोगले तत्कालीन प्रदेश सचिव अधिकारी समेतका प्रतिवादी र सामान आपूर्तिकर्ता विरुद्ध रु एक करोड ३१ लाख ६० हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । विशेषले सो मुद्दामा २०८१ वैशाख ३१ गते फैसला गरेको थियो । सो फैसला चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट