Techie IT
२०८२ माघ १७, शनिबार

काठमाडौँ महानगरले टिडिखेलमा २ करोड ७० लाखको ‘वरमुढा ग्रास’ रोप्ने


काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिण चउर सुधार गरी करिब दुई करोड ७० लाख रुपैयाँ बराबरको ‘वरमुढा ग्रास’ रोप्ने तयारी गरेको छ।

कामपा सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार सर्वसाधारणका लागि खुला स्थानलाई व्यवस्थित र उपयोगी बनाउन उक्त योजना अघि सारिएको हो। हाल यो क्षेत्र युवा तथा बालबालिकाका लागि खेल्ने, ज्येष्ठ नागरिकका लागि आराम गर्ने र घाम ताप्ने स्थलका रूपमा प्रयोग हुँदै आएको छ। यहाँ समय–समयमा सार्वजनिक कार्यक्रमसमेत आयोजना हुने गरेका छन्।

सर्वसाधारणले उपयोग गर्ने स्थान भएकाले धुलो उड्ने र पानी पर्दा हिलो हुने समस्यालाई न्यूनीकरण गर्दै प्रयोग सहज बनाउने उद्देश्यले घाँस रोप्ने योजना तयार गरिएको वरिष्ठ इञ्जिनियर अर्यालले बताए।

उनका अनुसार चउरको जमिनको सतह सम्याएर तीन इञ्च मलिलो माटो राखिनेछ र त्यसपछि घाँस रोपिनेछ। साथै छ मिटर गहिराइ र १.२ मिटर व्यासका आठवटा आकाशे पानी सङ्कलन पिट निर्माण गरिनेछन्।

यस योजनाबाट खुला स्थानमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन प्रवर्द्धन, वातावरणीय सुधार तथा सहरी सौन्दर्यमा थप वृद्धि हुने अपेक्षा काठमाडौँ महानगरपालिकाले गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट