वडाध्यक्ष विष्टको निधनमा खप्तड छेडेदहमा शोक बिदा
बाजुराको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा बुधबार राति निधन भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित विष्ट लामो समयदेखि टाउकाको क्यान्सरबाट पीडित थिए।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले स्वर्गीय विष्ट समाजसेवीसमेत रहेको उल्लेख गर्दै उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। श्रद्धाञ्जलिस्वरूप गाउँपालिकाले एक दिन सार्वजनिक शोक बिदा दिने र कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरिएको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस