Techie IT
२०८३ असार ११, बिहीबार

जेन-जी आन्दोलन : रूपन्देहीमा पार्टी कार्यालय र नेताहरूको घरमा तोडफोड


रुपन्देहीमा सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन-जी युवाहरू पार्टी कार्यालय र नेताहरूको घरमा तोडफोडमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् भने विभिन्न नेताहरूको घरमा पनि आक्रमण प्रयास गरेका छन्।

विशेषगरी, नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तिलोत्तमा–८ स्थित घरमा प्रदर्शनकारीले आक्रमणको प्रयास गरेका छन्। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डेले यो पुष्टि गरेका छन्। हाल प्रहरी टोली उक्त घरको सुरक्षाका लागि परिचालित गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट