Techie IT
२०८३ असोज २४, शनिबार

हरिबहादुरको जुत्ताको सेन्सर पास, फूलपातीदेखि प्रदर्शनहुने


चलचित्र ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले यसलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने बनाएको छ ।

दीपेन्द्र के. खनाल निर्देशित यस चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको यस चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ ।

चलचित्र आगामी दसैँको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट