Techie IT
२०८२ असोज २२, बुधबार

बक्स अफिसमा यतिबेला ‘कान्तारा : च्याप्टर १’ को जबरजस्त दबदबा


ऋषभ शेट्टीद्वारा निर्देशित र अभिनीत ‘कान्तारा : च्याप्टर १’ ले बक्स अफिसमा लोभलाग्दो कमाइ गरिरहेको छ। फिल्मले अहिलेसम्म २९० करोड भारतीय रुपैयाँ कमाइसकेको छ। रिलिजको छैटौँ दिनमा मात्रै यसले ३३ करोड ५० लाख रुपैयाँ उठाएको छ। वर्तमान कमाइ दर हेर्दा फिल्मले छिट्टै ३०० करोड क्लबमा प्रवेश गर्ने अनुमान गरिएको छ।

भारतीय बक्स अफिसमा यतिबेला ‘कान्तारा : च्याप्टर १’ को जबरजस्त दबदबा देखिएको छ। यसको प्रभावमा अन्य फिल्महरूको प्रदर्शन कमजोर हुन थालेको छ। जान्हवी कपूर र वरुण धवन अभिनीत ‘सनी संस्कार की तुलसी कुमारी’ को कमाइ तीव्र रूपमा घटेको छ। मंगलबार अर्थात् छैटौँ दिनमा फिल्मले ३ करोड रुपैयाँ मात्र कमायो। यससँगै यसको कुल कलेक्सन ३६ करोड २५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, दक्षिण भारतीय सुपरस्टार पवन कल्याणको ‘ओजी’ पनि कमाइमा घट्दो क्रममा छ। फिल्म रिलिज भएको १३ दिन पुग्दा मंगलबार यसले १ करोड ४० लाख रुपैयाँ मात्र कमायो। हालसम्म फिल्मको कुल व्यापार १८५ करोड ८५ लाख रुपैयाँ पुगेको छ। ‘कान्तारा : च्याप्टर १’ प्रदर्शनमा आएपछि ‘ओजी’ का दर्शक घट्न थालेका छन्।

अर्कोतर्फ, अक्षय कुमार र अर्शद वारसी अभिनीत ‘जोली एलएलबी ३’ को कमाइ पनि उल्लेखनीय रूपमा घटेको छ। रिलिज भएको १९ औँ दिनमा फिल्मले मंगलबार ७५ लाख रुपैयाँ मात्र कमायो। यससँगै यसको कुल कमाइ १०९ करोड ४० लाख रुपैयाँ पुगेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट