Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

‘सिन्दुरे जात्रा’मा विजय–अञ्जना जोडी फाइनल


सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’मा अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइली मुख्य भूमिकामा देखिने भएका छन्। निर्माण युनिटले यो जोडीलाई प्रमुख पात्रका रूपमा अनुबन्ध गरेको हो।

फिल्मको निर्देशन सरोज पौडेलले गर्नेछन्। अन्य कलाकारलाई क्रमशः अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले जानकारी दिए। उनले भने, ‘अब “सिन्दुरे जात्रा”मा चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ। केही समयमै कलाकार फाइनल गरेर अन्य काम सुरु गर्नेछौँ।’

चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखिने पनि उनले बताए। ‘विजय र अञ्जना अहिलेका चर्चित कलाकार हुन्, तर हामीले बजारको लोकप्रियताका आधारमा मात्रै रोजेका होइनौँ,’ सरोजले प्रस्ट पारे, ‘कथाले नै उहाँहरूलाई मागेकाले अनुबन्ध गरेका हौँ।’

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको यस फिल्मको कथा निर्देशक पौडेल स्वयंको हो। आरआर फिल्म्सले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट