Techie IT
२०८२ भाद्र ८, आइतबार

भोलिदेखि हलबाट हट्दै 'बेहुली फ्रम मेघौली', चाँडै ओटिटीमा आउने


नेपाली अभिनेता तथा निर्माता निश्चल बस्नेतले आफ्नो नयाँ फिल्म 'बेहुली फ्रम मेघौली' हलबाट हटाउने घोषणा गरेका छन्।

भोलि बिहीबार देखि यो फिल्म कुनै पनि हलमा नदेखिने उनले फेसबुकमार्फत जानकारी दिएका छन्। असोज १७ गते घटस्थापनाको अवसरमा रिलिज भएको फिल्मको प्रदर्शन रोक्नुपरेकोमा उनले हल व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्।

बस्नेतले नेपाली फिल्मलाई दर्शकको सकारात्मक प्रतिक्रिया र राम्रो अकुपेन्सी हुँदा पनि हलले हिन्दी फिल्मलाई बढी प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै भनेका थिए, “राम्रो प्रतिक्रिया, दर्शकको साथ, राम्रो अकुपेन्सी हुँदा पनि हलहरूले नेपाली फिल्मलाई शो दिन छोडेर हिन्दी फिल्मलाई प्राथमिकता दिएका छन्। त्यसैले, म हलको विकल्पतिर लाग्दैछु।”

फिल्ममा शीर्ष भूमिकामा निश्चल र स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको छ भने यसमा उनीहरूको नै लगानी छ। 'बेहुली फ्रम मेघौली' सजन काफ्ले र आकाश बरालको लेखन र निर्देशनमा निर्माण भएको हो। चाँडै नै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा यो फिल्म रिलिज हुने पनि निश्चलले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट