Techie IT
२०८३ वैशाख १९, शनिबार

अमेरिकाविरुद्धको पहिलो टी–२०मा नेपाल १७ रनले विजयी


नेपालले अमेरिका विरुद्धको पहिलो टी–२० खेलमा १७ रनको उत्कृष्ट जित हासिल गरेको छ। यो खेल अमेरिकाको डल्लासमा भएको थियो, जहाँ नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आफ्नो इन्निङ्स समाप्त गर्दै १ सय ६४ रनको स्कोर खडा गरेको हो। नेपालका लागि राम्रो योगदान दिनु हुने प्रमुख ब्याट्सम्यानमा सन्दिप लामिछाने र ज्ञानेन्द्र मल्लले गरे ।

अमेरिकाले १६५ रनको लक्ष्य पछ्याउने क्रममा निर्धारित ओभर खेल्दा ७ विकेटको क्षतिमा १४७ रनमा रोकिएको थियो। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकाको ब्याटिङ लाइन अपलाई दबाबमा राख्न सफल भए, जसले नेपाललाई खेलमा जित दिलाउन महत्वपूर्ण भूमिका निभायो।

यस जितसँगै नेपालले ३ खेलको टी–२० सिरिजमा १–० को अग्रता बनाएको छ। अब नेपालले आगामी खेलहरूमा यो सफलतालाई निरन्तरता दिनका लागि तयारी गर्नु पर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट