भारतीय प्रधानमन्त्री मोदीले सबैकुरा ध्यान दिएर सुन्नु भयो : परराष्ट्रमन्त्री आरजु
परराष्ट्रमन्त्री आरजु देउवा राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल र भारतका द्विपक्षीय संयन्त्रहरू मार्फत संवाद सुरु हुने विश्वास व्यक्त गरेकी छन् । उनले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँगको भेटमा बाढी, एअर रुट, र पञ्चेश्वर लगायतका मुद्दामा कुराकानी भएको जानकारी दिइन् । मोदीसँग भएको भेटबारे उनले भनिन्, ‘ध्यान दिएर सुन्नुभयो । नेपाललाई एकदमै माया गर्नु हुँदोरहेछ । यो कुराहरुमा अगाडि बढ्न आफ्नो देशको संयन्त्रलाई हाम्रै अगाडि अह्राउनुभयो ।’
यो पनि पढ्नुहोस



तपाईको प्रतिक्रिया दिनुहोस