Techie IT
२०८३ असार २९, सोमबार

नेयमार एक वर्षपछि मैदानमा फर्कंदै

ब्राजिलकास्टार खेलाडी नेयमार एक वर्षपछि मैदानमाफर्किने तयारीमा छन्।


ब्राजिलकास्टार खेलाडी नेयमार एक वर्षपछि मैदानमाफर्किने तयारीमा छन्। उनका क्लबअल हिलालले उनलाई खेल्नका लागि तयार भएकोजानकारी दिएको छ। नेयमार अबआगामी सोमबार एएफसी च्याम्पियन्स लिग अन्तर्गत युएईकोक्लब अल ऐनविरुद्ध खेल्नकालागि युएई प्रस्थान गरेकाछन्।

नेयमारले२०२३ को अगस्टमा अलहिलालमा सामेल भएदेखि गत वर्षको अक्टोबरमाराष्ट्रिय टिमको खेलमा घाइते भएपछि एक वर्ष मैदानबाटबाहिर रहनु परेको थियो।उनले अल हिलालका लागिअहिलेसम्म केवल ५ खेलखेलेका छन्।

हालैच्याम्पियन्स लिगको खेलमा भाग लिन सकेपनि साउदी प्रो लिगमा उनीजनवरी अघि खेल्न पाउनेछैनन्। अल हिलालले नेयमारकोचोट ठीक हुने सुनिश्चिततानभएपछि विदेशी खेलाडीको कोटामा अन्य खेलाडीलाई लिगमादर्ता गरेको छ, जसकारण नेयमारलाईसाउदी लिगमा फर्किन जनवरीसम्म पर्खिनुपर्ने भएको छ।

यसबीचमाउनले ब्राजिलको राष्ट्रिय टिममा कमब्याक गर्ने तयारी गरेका छन्। अल हिलालसँगनेयमारको सम्झौता आगामी जुनसम्म रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट