Techie IT
२०८२ भाद्र ३०, सोमबार

गृहमन्त्री रमेश लेखकद्वारा ई-चलान उद्घाटन


गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपथमा आइतबार आयोजित समारोहमा Traffic Violation Record System (TVRS) र ई-चलान (डिजिटल चिट) को शुभारम्भ गरेका छन् । उहाँले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गर्नुभएको छ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सरकारले नागरिकलाई सरल, सुलभ, पारदर्शी र जटिलता रहित सेवा प्रवाह गर्ने उद्देश्य रहेको बताए। उहाँले प्रविधिको सफल प्रयोगले नागरिकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो र ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादन गर्न शुभकामना दिनुभयो।

गृहमन्त्रीले प्रहरीलाई नागरिक सँगको पहिलो सम्पर्कको रूपमा उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूलाई संयमित र इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न आग्रह गरे । उहाँले सवारी दुर्घटनाको समस्या देखाउँदै त्यसको न्यूनिकरणका लागि सरोकारवाला निकायहरूलाई जिम्मेवारीको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने कुरा जोड दिनुभयो।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई-चलानको शुभारम्भ लाई स्वागत योग्य भनेका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोगले नागरिकलाई सहज र पारदर्शी सेवा प्रवाह गर्न मद्दत गर्ने बताए।

कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका उच्च अधिकारी, सञ्चारकर्मी र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो ई-चलान प्रणालीले ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन र सेवा प्रक्रिया झन्झटिलो र गुनासो रहित बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट