Techie IT
२०८३ भाद्र २१, आइतबार

साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने

साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’मा नेपाल रमाल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ।


साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’मा नेपाल रमाल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल काठमाडौंकोत्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझसाढे ५ बजे सुरुहुनेछ।

दुवै टोलीले आफ्नो पहिलो खेल खेलिसकेका छन्।नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो, जबकि माल्दिभ्स श्रीलंकासँग१–० गोलले पराजितभएको थियो।

नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेलजित्नै पर्ने दबाब छ। प्रतियोगितामानेपालको १ अंक छभने माल्दिभ्स अंकविहीन छ।

नेपालको तेस्रो खेल आगामी बिहीबारश्रीलंकासँग हुनेछ।

यसैगरी, समूह ‘बी’ अन्तर्गत आजदिउँसो साढे १ बजेभुटान र श्रीलंका पनिखेल्नेछन्। भुटानसँग १ अंक छभने श्रीलंका ३ अंकसहित समूहकोशीर्षस्थानमा छ।

समूह ‘ए’मा भारतलेपाकिस्तानलाई ५–२ गोललेहराएको छ। भारतले ३अंक जोडेको छ, जबकि बंगलादेशर पाकिस्तानले १–१ अंककमाएका छन्।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमाप्रवेश गर्नेछन्, र फाइनल खेलकात्तिक १४ गते हुनेछ।

यो प्रतियोगितामा नेपालसहित सात दक्षिण एसियालीराष्ट्र सहभागी छन्। समूह ‘ए’मा भारत, पाकिस्तानर बंगलादेश, र समूह ‘बी’मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट