Techie IT
२०८३ वैशाख १९, शनिबार

अमेरिकाविरुद्ध टी–२० सिरिज : नेपालको ‘क्लिन स्वीप’

नेपालले अमेरिकाविरुद्धको टी-२० आईसिरिज 'क्लिन स्वीप' गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।


नेपालले अमेरिकाविरुद्धको टी-२० आईसिरिज 'क्लिन स्वीप' गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। एक खेलअगावै सिरिज जितिसकेको नेपालले अन्तिम खेलमा आठ विकेटको शानदारजित निकाल्यो।

अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखलेउत्कृष्ट अर्धशतक बनाएका छन्। उनले ३९बलमा ५ चौका र२ छक्का हिर्काएर ५० रन बनाएकाहुन्। कुशल मल्ल रकुशल भुर्तेलको महत्त्वपूर्ण साझेदारीले नेपाललाई यो जितमा टेवापुर्‍यायो।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाउँदै१५६ रन बनाएको थियो।नेपालले पहिलो खेलमा १७ रनले जितहात पारेको थियो भने दोस्रोखेल सुपर ओभरमा जितेकोथियो।

अमेरिकाका साइतेजा मुक्कामल्लाले आक्रामक ब्याटिङ गर्दै ५१ बलमा ५चौका र २ छक्कालगाउँदै ६८ रन बनाएकाथिए। अर्का ब्याट्सम्यान मिलिन्द कुमारले ३५ बलमा ४चौका हिर्काएर नटआउट ४३ रन जोडे।

अमेरिकालाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले २७ रन खर्चेर३ विकेट लिएका थिए। रिजन ढकालर ललित राजवंशीले क्रमशः१-१ विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट