Techie IT
२०८२ भाद्र २८, शनिबार

महानगरको महारेस, वालेनको शहर ५औं पोजिसनका साथ निरासामा


नेपालका महानगरपालिकाहरूको वार्षिक परीक्षा नतिजा सार्वजनिक भएको छ, र यो वर्षको टपर बन्न सफल भएको छ ललितपुर महानगरपालिका । तर के यो साच्चै ललितपुरको विकासको कथा हो, कि केवल अंकको खेल ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा ललितपुरले ८४.५० अंक ल्याएर पहिलो स्थान हासिल गरेको छ। यो खबरले ललितपुरका मेयरलाई यति खुशी बनाएको छ कि उनले आफ्नो कार्यालयमा मिठाई बाँड्न थालेका छन् भन्ने हल्ला छ ।

तर, के यो अंक साच्चै ललितपुरको विकासको प्रतिबिम्ब हो ? एक स्थानीय बासिन्दाले भने, “हामीलाई त थाहै थिएन कि हामी यति 'स्मार्ट' रहेछौं । सडकमा खाल्डा छन्, फोहोर व्यवस्थापन छैन, तर हामी नम्बर वान !” दोस्रो स्थानमा रहेको भरतपुर महानगरपालिकाका एक अधिकारीले गुनासो गर्दै भने, "हामीलाई ०.६७ अंकले मात्र पछि पारियो। अर्को वर्ष हामी पनि मिठाई बाँड्न पाउँछौं ।"

काठमाडौं महानगरपालिका भने पाँचौं स्थानमा खस्किएको छ । एक काठमाडौं निवासीले व्यंग्यात्मक टिप्पणी गर्दै भने, "हामी त राजधानी हौं नि, पहिलो नम्बर भइहाल्यौं भने अरूलाई के छोड्ने ?"

अन्तिम स्थानमा रहेको वीरगञ्ज महानगरपालिकाका एक कर्मचारीले भने, "हामीलाई त यो मूल्यांकन नै थाहा थिएन । अर्को पटक हामी पनि फारम भर्न सिक्छौं ।"

यस बीच, मन्त्रालयका एक अधिकारीले बताए, "यो मूल्यांकनको उद्देश्य स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने हो । तर लगभग सबैले आफूलाई नै सर्वोत्कृष्ट भनेर अंक दिएका छन् ।"

अन्तमा, यो मूल्यांकनले के देखाउँछ भन्ने प्रश्नमा एक विज्ञले भने, "यसले देखाउँछ कि हामी अंक दिनमा निकै सिपालु छौं, तर वास्तविक विकासमा अझै धेरै काम गर्न बाँकी छ।"

तसर्थ, यो वर्षको 'लिसा' नतिजाले स्थानीय निकायहरूलाई आफ्नो वास्तविक अवस्था बुझ्न र सुधार गर्न प्रेरित गर्ने आशा गरिएको छ । तर फेरि पनि, आशा र यथार्थ बीचको दूरी कति छ, त्यो भने आगामी दिनमा मात्र थाहा हुनेछ । 

कस्ले कति अंक पाए त?

ललितपुर महानगरपालिका

८४.५०

भरतपुर महानगरपालिकाले

 ८३.८३

विराटनगर महानगरपालिकाले 

८२.५०

पोखरा महामगरपालिकाले 

८०.७५ 

काठमाडौँ महानगरपालिका 

७७.५०

वीरगन्ज महानगरपालिका

५९.५० 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट