Techie IT
२०८३ श्रावण १२, मंगलबार

रास्वपा संस्थापक महामन्त्रीद्वारा पार्टी सभापति लामिछानेमाथि गम्भीर आरोप

"तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु।" उनले यी आरोपहरूको गम्भीरता उल्लेख गर्दै लामिछाने ६-८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन्। पार्टीको साधारण सदस्यताबाट हटाउने प्रयासको विरोधमा दिइएको स्पष्टीकरणमा डा. ढकालले लामिछानेमाथि सहकारी ठगी, भ्रष्टाचार र राहदानी दुरुपयोगको आरोप लगाएका छन्।

डा. ढकालले आफ्नो लिखित जवाफमा भनेका छन्, "तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु।" उनले यी आरोपहरूको गम्भीरता उल्लेख गर्दै लामिछाने ६-८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने र राहदानी दुरुपयोगका कारण भविष्यमा निर्वाचनमा भाग लिन नपाउने समेत दाबी गरेका छन्।

डा. ढकालले लामिछानेको "निरंकुशता र व्यक्तिकेन्द्रित व्यवहार" बाट पार्टीलाई जोगाउन प्रयासरत रहेको बताएका छन्। उनले आफ्नो कार्यलाई पार्टी विरोधी नभई शुद्धीकरणको प्रयास भएको दाबी गर्दै भनेका छन्, "प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको मेरो लोकतान्त्रिक र राजनीतिक अधिकार हो।"

यी गम्भीर आरोपहरूले रास्वपामा आन्तरिक विवाद चर्किएको संकेत गरेको छ । पार्टी सभापति लामिछानेले यी आरोपहरूको खण्डन वा प्रतिक्रिया दिएका छैनन्। यस घटनाक्रमले नेपालको राजनीतिक वृत्तमा तरंग ल्याएको छ । 

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछाने लाई दिएको पत्र हेर्नुहोस ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट