Techie IT
२०८२ कार्तिक २९, शनिबार

झापा–११ ले बेलबारी गोल्डकपको उपाधि जित्यो


मोरङको बेलबारीमा आयोजित सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा झापा–११ ले उपाधि जित्दै रु आठ लाख नगदसहित ट्रफी हात पारेको छ। 

शनिबार भएको फाइनल खेलमा झापाले टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५–३ गोलअन्तरले पराजित गर्‍यो। उपविजेता सलहेस फुटबल क्लबले रु चार लाख नगदसहित ट्रफी प्राप्त गरेको हो ।

खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफको ५०औँ मिनेटमा सलहेस क्लबका अजयी मार्टिनले गोल गर्दै सिराहालाई १–० को अग्रता दिलाए। त्यसपछि झापाका प्रदीप बुढाथोकीले ७१औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई टाइब्रेकरमा पुर्‍याए। टाइब्रेकरमा झापाका गोलरक्षक सन्दीप लिम्बूले उत्कृष्ट बचाउ गर्दै झापालाई जित दिलाए।

फाइनल खेलमा झापा–११ का दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे भने सलहेसका राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरेका थिए। सलहेसका समीर तामाङको प्रहार झापाका गोलरक्षक सन्दीपले रोकेर उत्कृष्ट प्रदर्शन गरे।

खेलमा झापाका अभिषेक गुरुङ म्यान अफ दी म्याच घोषित भए र उनले रु पाँच हजार नगदसहित ट्रफी पाए। झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक, र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए।

पुरस्कार वितरण समारोहमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले विजयी खेलाडीलाई ट्रफी, प्रमाणपत्र, र नगद पुरस्कार प्रदान गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट