नेतन्याहूको ट्रम्पप्रतिको भरोसा, ह्वाइट हाउसमा फर्कने आशा
अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुनः ह्वाइट हाउसमा फर्कने आशा राखेका छन्। नेतन्याहूको अघिल्लो कार्यकाल ट्रम्पको समर्थनले सहज भएको थियो, र उनले ट्रम्पको जीत इजरायलका लागि लाभदायक हुने विश्वास गरेका छन्।
ट्रम्पको कार्यकालमा इजरायलको समर्थनका लागि ठूला निर्णयहरू भएका थिए जसमा अमेरिकी दूतावासको जेरुसेलम स्थानान्तरण, इजरायललाई गोलान हाइट्सको सार्वभौमिकताको मान्यता, र इरानसँगको आणविक सम्झौता तोडिनु मुख्य थिए। यसले नेतन्याहू र इजरायलमा ट्रम्पको लोकप्रियता बढाएको थियो।
राजनीतिक टिप्पणीकार अभिभ बुशिन्स्की भन्छन्, “नेतन्याहू र ट्रम्पबीचको सहकार्य सकारात्मक रहेको छ। रिपब्लिकन नेतासँगको अनुभव नेतन्याहूलाई सहज लागेको छ।” नेतन्याहूले ट्रम्पको जीतले इजरायललाई रणनीतिक स्वतन्त्रता दिनेमा विश्वास राखेका छन्।
तर, इजरायलको प्रत्यक्ष विरोधमा रहेका प्यालेस्टिनीहरूले भने दुवै उम्मेदवार प्रति अविश्वास प्रकट गरेका छन्। प्यालेस्टिनी राजनीतिशास्त्री खलिल शिकाकीका अनुसार प्यालेस्टिनीहरूले अमेरिकी नीतिमा कुनै ठोस परिवर्तनको अपेक्षा गरेका छैनन्।
[AFP Inputs]



तपाईको प्रतिक्रिया दिनुहोस