कुलमानको डण्डापछि उद्योगिहरुले धमाधम महसुल तिर्न थाले

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको निर्देशनमा महसुल नतिर्ने उद्योगहरुको गत हप्ता विजुलीको लाइन काटिएको थियो । ट्रंक र डेडिकेटेड लाइनको महसुल रकम नतिरेका मध्ये केही उद्योगहरूले अब किस्तामा तिर्न थालिसकेका छन्।
नेपाल विद्युत प्राधिकरणका उप-कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाइसकेका छन् । आज आइतबार मात्र तीनवटा उद्योगले किस्ता तिरेको जानकारी दिए ।
तर, प्राधिकरणले किस्ता बुझाएका उद्योगहरूको नाम भने सार्वजनिक गरेको छैन। प्राधिकरणले बक्यौता विद्युत महसुल नबुझाएको आधारमा बिहीबार राति ४३ उद्योगहरूको विद्युत सेवा काटिदिएको थियो। यस सन्दर्भमा, अब किस्ता बुझाउने उद्योगहरूको विद्युत सेवा पुनः सक्रिय गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस