साफ महिला च्याम्पियनसिप : फाइनलको टिकट भोलि बिहान ८ बजेबाट पाइने
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री आफैँले गर्ने भएको छ।
एन्फाले साधारणतर्फ ११ हजार र भिआइपीतर्फ एक हजार मात्र टिकट बिक्री गर्ने जनाएको छ। खेल साँझ ६ः३० बजे सुरु हुनेछ।
टिकट वितरणका लागि जावलाखेल खेल मैदान र भद्रकाली स्थित आर्मी हेडक्वाटरमा बिहान ८ बजेबाट टिकट उपलब्ध गराइनेछ। साधारण टिकटको मूल्य पाँच सय र भिआइपी टिकटको मूल्य एक हजार तोकिएको छ।
एन्फाले माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै सुरक्षा कारणले रङ्गशालाभित्र धारिला हातहतियार, मदिरा, नशालु पदार्थ, ठूला झोला, हेल्मेट, झण्डा, पोस्टर, र अन्य निषेधित सामग्री लैजान रोक लगाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस