Techie IT
२०८३ श्रावण १७, आइतबार

उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा


उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई मङ्गलबार आधिकारिक भ्रमणका क्रममा रूस आइपुगेकी छिन्। दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले हजारौँ सैनिकलाई रूसमा तालिमका लागि पठाएको दाबी गरेपछि उनको रूस यात्रा चर्चामा छ।

चोएले भ्लाडिभोस्टकबाट मस्कोको यात्रा तय गर्दै रूसी अधिकारीहरूसँग वार्ता गर्ने बताइएको छ। यद्यपि, उनी कोसँग वार्ता गर्नेछिन् भन्ने जानकारी खुलाइएको छैन। 

वासिङ्टनले उत्तर कोरियाली सैनिकहरूले युक्रेनमा लडाइँमा सहभागी हुनसक्ने अनुमान गरेको छ, जसलाई दक्षिण कोरियाले ‘महत्त्वपूर्ण सुरक्षा खतरा’को रूपमा लिएको छ।

रूस र उत्तर कोरियाबीच पछिल्लो समय सैन्य सहकार्यका लागि सम्बन्ध अझै नजिकिएको देखिन्छ। सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ उनले रूसको सुदूर पूर्वमा राष्ट्रपति पुटिनसँग भेटघाट गरेका थिए। 

यसअघि, पुटिनले जुनमा उत्तर कोरियाको दुर्लभ भ्रमण गरी किमसँग पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए।

रूसी दूतावासका अनुसार विदेशमन्त्री चोएको यो भ्रमण दुई देशका नेताहरूले जूनको भेटमा सहमति गरेको ‘रणनीतिक संवाद’लाई बलियो बनाउन लक्षित छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट