Techie IT
२०८२ भाद्र १०, मंगलबार

रवि लामिछानेको हिरासत म्याद सकियो, तिहारसम्म हिरासतमै


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिइएको ७ दिने म्याद आज सकिएको छ। कास्की जिल्ला अदालतले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो, जसको म्याद कात्तिक १४ गते सकिएको हो। 

तिहार बिदा सुरु भएकाले उनलाई अब कात्तिक २० गते अदालतमा पेश गरिनेछ। सो दिन अदालतले लामिछानेको हिरासत अवधि थप गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्नेछ।

तिहार बिदा अवधिमा लामिछानेका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पनि दायर गर्न सकिनेछ। पर्व बिदामा अदालतले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हेर्नसक्ने व्यवस्था छ। यद्यपि, यसअघि पूर्वडीआईजी छविलाल जोशीको रिट निवेदन खारेज भएको थियो। सर्वोच्च अदालतले जोशीलाई कास्की अदालतको आदेशबमोजिम हिरासतमा राखिएको भन्दै रिट खारेज गरेको थियो।

नौ दिनमा ४५ पेज बयान

सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका लामिछानेको बयान सकिएको छ। बयान पूरा भएपछि जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत डीएसपी बसन्त शर्माले बयान प्रमाणित गरेका छन् ।

लामिछानेसँग नौ दिनको बयान प्रक्रिया सम्पन्न भएसँगै ४५ पेज लामो बयान तयार भएको छ। उनले सूर्यदर्शनबाट कुनै ऋण नलिएको र सहकारीको सदस्य नरहेको बताएका छन्।

सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, र रामबहादुर खनाल पनि हाल कास्की प्रहरीको हिरासतमा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट