Techie IT
२०८२ कार्तिक २९, शनिबार

विराट कोहली आरसीबीको कप्तानको भूमिकामा पुनः फर्कने तयारीमा


विराट कोहली पुनः रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को कप्तानीमा फर्कने तयारीमा छन्। मिडिया रिपोर्ट अनुसार, कोहलीले व्यवस्थापनसँग परामर्श गरिसकेका छन् र आगामी सिजनमा आरसीबीको कप्तानीको जिम्मेवारी लिन इच्छुक छन्। 

उनले यसअघि ९ सिजनसम्म आरसीबीको कप्तानी गरेका थिए र २०२१ मा यो भूमिका छोडेका थिए। त्यसपछि फाफ डु प्लेसिसले २०२२ मा कप्तानी सम्हाल्दै आरसीबीलाई नेतृत्व गरेका थिए।

४० वर्षीय डु प्लेसिसलाई आगामी सिजनका लागि रिटेन नगर्ने सम्भावना रहेको छ, जसले गर्दा कोहली कप्तानीमा फर्कने तयारीमा देखिएका छन्। यसैबीच, आज साँझ ५ बजेभित्र सबै फ्रेन्चाइजहरूले खेलाडीहरूको रिटेनमेन्ट सूची आईपीएल आयोजक समितिलाई बुझाउनुपर्ने अन्तिम मिति रहेको छ। यस सूचीले कुन खेलाडी कुन टोलीसँग खेल्ने भन्ने निर्णय गर्नेछ।

आरसीबीले यसपटक टोलीमा विराट कोहली र बलर यश दयाललाई रिटेन गर्दै नयाँ टिम निर्माण गर्ने योजना बनाएको छ। कोहलीले २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तानी गरे, जसमा २०१६ मा फाइनलसम्म पुगेका थिए तर सनराइजर्स हैदराबादसँग पराजित भएका थिए। उनले १४३ खेलमा कप्तानी गर्दा ६६ खेलमा जित हासिल गरेका छन्।

पछिल्ला सिजनहरूमा डु प्लेसिसको नेतृत्वमा आरसीबीले २०२२ र २०२३ मा प्लेअफमा स्थान बनाएको थियो। तर, २०२३ मा उनीहरू प्लेअफबाट बाहिरिएका थिए। आईपीएलको मेगा अक्सन अघि आरसीबीले कोहलीलाई कप्तान बनाउन सकारात्मक पहल गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट