Techie IT
२०८२ चैत्र ५, बिहीबार

नेकपा एमाले नुवाकोटले गर्यो देउसीभैलो प्रतियोगिता


तिहारको सांस्कृतिक महत्वलाई बचाउन नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अन्तर विद्यालयस्तरीय देउसीभैलो प्रतियोगिता सम्पन्न भएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुप्चेश्वर गाउँ कमिटीले सूर्यमती नदी किनारको समुन्द्रटारमा आयोजित यस प्रतियोगितामा गाउँपालिका भित्रका छ विद्यालय सहभागी भएका थिए ।

विद्यार्थीहरूले मौलिक देउसीभैलो गीत तयार गरी प्रस्तुत गरेका थिए। प्रतियोगितामा महादेव मावि–५ की प्रमिता तामाङको समूह प्रथम भई नगद रु २० हजार पुरस्कार जित्न सफल भयो। बच्छलादेवी मावि दोस्रो हुँदै रु १५ हजार, रूक्मणि मावि तेस्रो हुँदै रु १० हजार नगद पुरस्कार प्राप्त गरे।

समान रचनात्मक कार्यक्रमलाई प्रोत्साहित गर्दै निर्णायकका रूपमा कलाकार दामोदर खतिवडा र तीन सदस्यीय टोलीले मूल्यांकन गरेका थिए। प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न सघाउ पुर्‍याएको भन्दै एमाले केन्द्रीय सदस्य केशवराज पाण्डेले आयोजनाको सराहना गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट