राष्ट्रिय फुटबल खेलाडी अमिषा कार्की सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई एसएस फाउन्डेसनले नगदसहित सम्मानित गरेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई एसएस फाउन्डेसनले नगदसहितसम्मानित गरेको छ। शुक्रबार काठमाडौंमाभएको एक कार्यक्रमकाबीच उनलाईसाफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्टप्रदर्शनको लागि एक लाखरुपैयाँको नगदसहित सम्मान गरिएको हो।
सम्मान प्राप्त गरेपछि कार्कीले यो उपलब्धिले उनलाईआफ्नो खेलमा सुधार गर्न थप प्रेरणादिएको बताइन्। उनले भविष्यमा हुनेदुई वर्ष पछि हुनेसाफ महिला च्याम्पियनसिपको ट्रफी नेपालले जित्नका लागि तयारी गर्नेयोजना रहेको उल्लेख गरिन्।
कार्कीले बुधबार दशरथ रङ्गशालामा भएकोसाफ महिला च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशविरुद्ध एक गोल गरेकीथिइन्। यद्यपि नेपाल २–१ गोलकोअन्तरले पराजित भइ उपाधि जित्नअसफल भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस