Techie IT
२०८२ चैत्र १०, मंगलबार

नेपालमा विद्युत खपत तीन गुणा बढ्यो


नेपालमा लोडसेडिङ अन्त्यपछि विद्युत खपत तीन गुणा बढेको छ। आर्थिक वर्ष २०७२–७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष २०८०–८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ । आठ वर्षको अवधिमा देशभित्रको विद्युत खपत ६ अर्ब ५१ करोड युनिटले वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत खपत भएको छ1। बाँकी विद्युत अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आर्थिक वर्षसम्म आइपुग्दा ४०० युनिट पुगेको छ ।

आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ घण्टा लोडसेडिङ थियो । हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो1। २०७३ को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो । २०७५ वैशाखबाट सिङ्गो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो ।

आठ वर्षअघि ५८ प्रतिशत घर परिवारमा मात्र विद्युत पुगेको थियो । अहिले ९९ प्रतिशतमा विद्युत पुगेको प्राधिकरणले जनाएको छ । विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत, सौर्य ऊर्जा लगायतबाट विद्युत उपभोग गरिरहेका छन् ।

आठ वर्ष अघि विद्युतका ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिक सहित ५९ लाख ३५ हजार पुगेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि पर्याप्त तथा निरन्तर विद्युत आपूर्ति हुन थालेपछि विद्युत खपत बढेको बताए ।

“ठूला तथा साना उद्योगले निरन्तर विद्युत आपूर्ति पाइरहेका छन्, यस अवधिमा उद्योगको धैरे लोड स्वीकृत गरिएको छ, खाना पकाउन लगायत घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग बढेको छ, निजी तथा सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ, विद्युतीकरण व्यापक रूपमा गरिएको छ। जसका कारण आन्तरिक विद्युतको खपत बढिरहेको छ,” कार्यकारी निर्देशक घिसिङले भने



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट