Techie IT
२०८२ वैशाख २७, शनिबार

काठमाण्डौ- दिल्ली उडानमा बमको हल्ला, १६८ यात्रुलाई जहाजबाट ओरालेर जाँच


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको जहाजमा बम रहेको सूचना आएपछि १६८ यात्रुलाई तुरुन्तै जहाजबाट ओरालेर जाँच गरिएको छ। दिल्लीका लागि उड्न लागेको उक्त जहाजमा दिउँसो ४:३१ मा बमको धम्कीको सूचना नागरिक उड्ययन प्राधिकरणमा प्राप्त भएको थियो। त्यसपछि विमानस्थलमा सुरक्षा सतर्कता बढाउँदै नेपाली सेना र प्रहरीको टोलीले बमको सम्भावनाबारे जाँच थालेको हो।

दिल्ली प्रस्थानका लागि १६० यात्रु बोर्डिङ भइसकेका थिए भने लगेज पनि लोड भइसकेको थियो। सुरक्षा प्रक्रिया अन्तर्गत सबै लगेज हटाएर कुकुरको सहयोगमा पुनः जाँच भइरहेको छ। विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर बिकले यसबारे जानकारी दिएका छन्।

यो साताभित्र विमानमा बम धम्कीको यो दोस्रो घटना हो। यसअघि पनि एयर इन्डियाकै जहाज र भिस्ताराको जहाजमा बम रहेको सूचना प्राप्त भएको थियो, तर ती दुवै घटनामा कुनै खतराजन्य पदार्थ फेला परेको थिएन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट