Techie IT
२०८२ चैत्र १०, मंगलबार

प्रचण्डले प्रश्नहरूको जबाफ बिहीवार दिने

माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेता जनार्दन शर्मा "प्रभाकर" को ११ पेजको प्रस्तावले पार्टी भित्र र वाहिर राम्रो वहसको विषय बनेको छ । प्रभाकरको प्रस्तावमा मुख्यत प्रचण्डको भुटाउ र राज गर भन्ने सिद्धान्त र परिवारवार प्रतिको भण्डाफोर थियो ।


श्रावण २७ गते आइतवार बाट शुरु भएको  नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम सकिएको छ। पाँच दिनसम्म चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि २२ जना स्थायी समिति सदस्य र अन्य पदाधिकारिहरूले आ–आफ्ना विचार राखेका थिए । यस पालिको माओवादी केन्द्रको स्थायी समितिको बैठकमा नेता जनार्दन शर्मा "प्रभाकर" को ११ पेजको प्रस्तावले पार्टी भित्र र वाहिर राम्रो वहसको विषय बनेको छ । प्रभाकरको प्रस्तावमा मुख्यत प्रचण्डको भुटाउ र राज गर भन्ने सिद्धान्त र परिवारवार प्रतिको भण्डाफोर थियो । पछिल्लो समय प्रमुख पार्टीहरुमा नेतृत्व हस्तान्तरणको वहस चलिरहँदा प्रभाकरले आफ्नो दस्तावेजमा प्रचण्डले पार्टीको नेतृत्व हस्तान्तरण गर्नु पर्ने जोड गरेका छन् ।

अध्यक्ष प्रचण्डले नेताहरूले उठाएका प्रश्नहरूको जबाफ बिहीवार दिनेछन्, किनकी बुधवार संसदमा टीआरसी विधेयकसम्बन्धी छलफल हुनेछ। सचिव गणेश साहका अनुसार, स्थायी समिति बैठकबाट नेताहरूको कार्य विभाजन हुने सम्भावना छैन, तर पार्टी निर्माणका कार्यक्रमको खाका तयार पार्ने र केन्द्रीय समिति बैठकको मिति तय हुन सक्छ।  बैठकमा १४ जना नेताहरूले आ–आफ्ना विचार राखेका थिए, जसमा पार्टीको नीति र नेतृत्व सम्बन्धमा चर्को बहस भएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट