Techie IT
२०८३ श्रावण १७, आइतबार

पाकिस्तानको रेलवे स्टेशनमा विस्फोट, १७ जनाको मृत्यु


बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेशनमा शनिबार भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ, भने दर्जनौँ घाइते भएका छन्। स्थानीय प्रहरी तथा चिकित्सकले दिएको जानकारी अनुसार, विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।

विस्फोट स्थानीय समय अनुसार बिहान ८ः४५ बजे, यात्रुहरू रेल पर्खिरहेका बेला भएको थियो। बलुचिस्तानको राजधानी क्वेटा अफगानिस्तान र इरानको सीमामा रहेको संवेदनशील क्षेत्र हो, जहाँ हालैका दिनहरूमा विदेशी वित्तपोषणमा आधारित आक्रमणहरूमा वृद्धि भएको बताइएको छ।

गत अगस्टमा बलुच लिबरेशन आर्मी (बीएलए) ले दर्जनौँ आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा कम्तीमा ३९ जनाको ज्यान गएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट