Techie IT
२०८३ असार २४, बुधबार

ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु

प्रहरीका अनुसार, टाउको र शरीरमा गम्भीर चोट लागेका ऐजाजको उपचारको क्रममा भरतपुरको नयाँ मेडिकल कलेजमा निधन भएको हो।


मकवानपुरको हेटौँडामा पेट्रोल लोड ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

हेटौँडा उपमहानगरपालिका–११ स्थित टायर रिपेयर पसलमा मर्मत गर्ने क्रममा ट्याङ्करको टायर पड्किँदा भारतको भोजपुर निवासी ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको हो। प्रहरीका अनुसार, टाउको र शरीरमा गम्भीर चोट लागेका ऐजाजको उपचारको क्रममा भरतपुरको नयाँ मेडिकल कलेजमा निधन भएको हो।

घटनामा पसलका कामदार जाविर हवारे, ट्याङ्कर चालक देवान लामा, र नजिकै उभिएका अन्य तीन जना - उत्तम बस्नेत, मोहनलाल दुलाल, र लक्ष्मण थापा - घाइते भएका छन्। 

घाइते सबैको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट