Techie IT
२०८३ वैशाख १९, शनिबार

NPL प्रसारण विवादमा नेपाल विज्ञापन बोर्डको ध्यानाकर्षण


नेपाल प्रिमियर लिग (एनपीएल) को प्रसारण विदेशी च्यानललाई दिएको विषयमा नेपाल विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान) लाई स्पष्टीकरण माग्दै पत्र पठाएको छ।

नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मणप्रसाद हुमागाईंले विदेशी च्यानलमार्फत विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने कानुनी प्रावधानको पालना भएको छ वा छैन भनेर क्यानलाई जवाफ पेस गर्न सात दिनको समय दिएको बताए।

"हामीले क्यानलाई स्टार स्पोर्ट्ससँगको सम्झौताको विवरण वा एमओयू पेस गर्न भनेका छौँ," हुमागाईंले भने।

यसअघि, क्यानले स्टार स्पोर्ट्ससँग गरेको प्रसारण सम्झौताविरुद्ध नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल, र मिडिया अलाइन्स नेपालले राष्ट्रहितविपरीत रहेको भन्दै संयुक्त विरोध जनाएका थिए।

क्यानको जवाफपछि यस विषयमा थप निर्णय लिइने विज्ञापन बोर्डले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट