Techie IT
२०८२ चैत्र १०, मंगलबार

प्रचण्डको अभिव्यक्तिले संसद्‌मा तनाव: पोखरेल


एमाले महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिका कारण संसद्‌मा द्वन्द्व सिर्जना भएको आरोप लगाएका छन् । उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै दाहालको ‘अराजनीतिक अभिव्यक्तिको सत्तापक्षबाट प्रतिवाद’ भएको बताएका छन् । 
‘अहिले संसद्‌मा चलिरहेको तिक्ततापूर्ण बहसको सर्जक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हो । विपक्षी दलको नेताका रुपमा संसदीय अभ्यास र प्रचलनविपरीत नयाँ सरकार गठन भएको सय दिन नपुग्दै प्रधानमन्त्री र नयाँ समीकरणका विरुद्धमा उनले दिएको अराजनीतिक र असंसदीय अभिव्यक्ति नै आजको द्वन्द्वको कारण हो,’ उनले लेखेका छन्, ‘प्रचण्डको गलत र कुण्डाग्रस्त अभिव्यक्तिको प्रतिवाद सत्तापक्षबाट हुनु स्वाभाविक नै हो । त्यसबाट माओवादीका मित्रहरु धेरै उद्वेलित हुनु पर्दैन ।’

उनले माओवादी नेताहरु माओवादी आन्दोलनलाई हिंसात्मक आन्दोलन भनेकोमा उत्तेजित भए पनि संविधानले ‘जनयुद्ध नचिन्नने’ बताए । ‘तर संविधानले जनयुद्ध चिन्दैन माओवादी सांसदहरु जनयुद्ध भनिरहेकै सुनिन्छ,’ उनको प्रश्न छ, ‘एमाले र कांग्रेसलाई संविधानको भाषा बाेलेन भनेर विरोध गर्नेले माओवादीले चाहिँ संविधानले नस्विकारेको भाषा बाेल्न मिल्छ र ?’  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट