Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

कांग्रेस-एमालेलाई पछि पार्दै टान अध्यक्षमा माओवादीले बाजी मार्यो, प्रचण्डले दिए बधाई


ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेको समर्थन पाएका उम्मेदवारलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्।

कांग्रेस र एमालेको सम्थनमा राजेन्द्र सापकोटा अध्यक्षका प्रत्यासी थिए। पाण्डेले भने माओवादी केन्द्रको समर्थन पाएका थिए। त्यस्तै वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा निर्वाचित भएका छन् भने महासचिवमा सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन्। महासचिवमा निर्वाचित शेर्पा पाण्डे समूहकै हुन्। वरिष्ठ उपाध्यक्षमा भने पाण्डे समूहका चोलेन्द्र कार्की पराजित भएका छन्।

सोमबार भएको निर्वाचनबाट टानको सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्। पवित्रा तामाङ, अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) सदस्यमा निर्वाचित भए ।

टानमा माओवादी समर्थक नेतृत्व जितेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस एमालेको  अप्राकृतिक र असंवैधानिक गठबन्धनलाई दरो जवाफ  दिएको भन्दै शुभकामाना दिएका छन् । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट