Techie IT
२०८२ चैत्र ९, सोमबार

नदी किनाराको विवादमा प्रचण्डसँग एमालेको छलफल


सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलित नेकपा एमालेले नदी किनाराको विवाद समाधानका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ ।

काठमाडौँ उपत्यकाका नदी किनारामा थप २० मिटर मापदण्ड कायम गर्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमालेले पुनरावलोकनको माग गर्दै आएको छ। यसै सन्दर्भमा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईलगायतको टोलीले बिहीबार प्रचण्डलाई भेटेको हो।

भेटमा प्रचण्डले यो विषय जनसरोकारको रहेको भन्दै माओवादी केन्द्रले सरकारलाई पुनरावलोकनका लागि दबाब दिने बताएका छन् । एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईका अनुसार, प्रचण्डले भने, “यो विषयमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गरेर औपचारिक निर्णय गर्नेछ। सरकारले पुनरावलोकनमा जाने निर्णय गरेमा हामीले सघाउनेछौँ।”

यसअघि एमालेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि यस विषयमा भेटेर ध्यानाकर्षण गराइसकेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट