Techie IT
२०८२ भाद्र ५, बिहीबार

चाडपर्वले विविधता र एकतालाई बलियो बनायो: सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले हरितालिका तीजको अवसरमा महिलाविरुद्धका सबै प्रकारका भेदभाव, हिंसा, र सामाजिक कुरीतिहरूलाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्न


सभामुख देवराज घिमिरेले हरितालिका तीजको अवसरमा महिलाविरुद्धका सबै प्रकारका भेदभाव, हिंसा, र सामाजिक कुरीतिहरूलाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान हुने शुभकामना व्यक्त गरेका छन्।

शुक्रबार जारी गरेको शुभकामना सन्देशमा सभामुख घिमिरेले हिन्दू महिलाहरूले महादेवको पूजा आराधना गर्दै मनाउने तीजको अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीलाई शुभकामना दिएका छन्।

सन्देशमा भनिएको छ, “तीज बालीनाली रोपिसकेपछि फुर्सदको समयमा मनाइने पर्व हो। तर, यस पर्वको धार्मिक–सांस्कृतिक महत्वसँगै सामाजिक चेतना अभिवृद्धि गर्नका लागि पनि यो महत्वपूर्ण छ। तीजका अवसरमा लैङ्गिक र पारिवारिक विभेदलाई सार्वजनिक गर्ने चलन रहिरहँदा, यो चाड महिला जागरणको सन्देश फैलाउने धार्मिक अवसर हो।”

सभामुखले चाडपर्वहरूको विविधताभित्रको एकता उजागर गर्दै नेपाली चाडबाड, संस्कृति, र संस्कारलाई नयाँ पुस्तासँगै मनाउने महत्त्व औंल्याए। 

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गर्दा पारिवारिक सुख, शान्ति, र कल्याण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। तीज हिन्दू नारीले मनाउने एक महत्वपूर्ण चाड हो।

 

 

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट