Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

पश्चिम चितवनमा राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता


पश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन्। इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवका अनुसार, बेपत्ता हुनेमा भरतपुर-२५ का ४३ वर्षीय सञ्जीव चौधरी र भरतपुर-२७ का ४५ वर्षीय सुकबहादुर परियार रहेका छन्।

उनीहरूसँगै माछा मार्न गएका सोही ठाँउका रोहितकुमार चौधरी भने पौडेर बाँच्न सफल भएका छन्। घटना शुक्रबार दिउँसो २ बजेतिर भएको थियो, तर हालसम्म बेपत्ता भएका दुई युवाको कुनै पत्तो लागेको छैन।

शनिबार बिहान ६ बजेदेखि निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका सेनाको १५ जनाको टोली डुंगामा बसेर खोजीमा जुटेको छ। चितवन राष्ट्रिय निकुञ्जले पनि दुई वटा हात्ती प्रयोग गरेर निकुञ्ज क्षेत्रमा बेपत्ता भएका युवाहरूको खोजी गरिरहेको छ।

यसैबीच, स्थानीय बोटे समुदायका सदस्यहरूले मेघौलीतर्फको क्षेत्रमा खोजी गरिरहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा पर्ने राप्ती नदीमा माछा मार्नका लागि लाइसेन्स प्राप्त व्यक्तिहरूलाई मात्र अनुमति छ। तर, बेपत्ता भएका युवा लाइसेन्सविहीन थिए र उनीहरू तीजको मौका छोपेर अनाधिकृत रूपमा नदीमा पसेको सई यादवले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट