Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

रैथाने कृषि हाटबजारको प्रवर्द्धनमा राज्यको ध्यान पुगोस् ; पुर्वप्रधानमन्त्री भट्टराई


 

काठमाडौं, २१ फागुन । नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रैथाने कृषि उत्पादनको प्रवर्द्धनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौंको दरबारमार्गमा आयोजित रैथाने कृषि हाटबजारको अवलोकनपछि उनले यस्तो बताएका हुन्। हाटबजारमा विभिन्न जिल्लाका किसानहरूले उत्पादन गरेका जैविक तथा रैथाने कृषि उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो।

भट्टराईले हाटबजारका व्यवसायीहरूसँगको छलफलपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “काठमाण्डौ दरबारमार्गमा प्रत्येक शनिबार विहान लाग्ने रैथाने कृषि हाटबजारमा किनमेल तथा व्यवसायीहरूसँग छलफल। यस्ता हाटबजारको प्रबर्द्धनमा राज्यका सबै तहको ध्यान पुगोस्।”

 



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट