Techie IT
२०८३ भाद्र १६, मंगलबार

बकैया खोलामा बगेर ससुराली गएका एक युवक बेपत्ता


मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया खोलामा बाढीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। प्रहरीका अनुसार रौतहट जिल्लाको पौराई गाउँपालिका–२ घर भई मकवानपुर बकैया गाउँपालिका–६, जसपालस्थित फास्ट ट्र्याकमा काम गर्ने २८ वर्षीय अकल माझी शुक्रबार दिउँसो ससुराली जाने क्रममा खोला तर्ने क्रममा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार माझी बकैया–६ जुइनास्थित ससुराली जान बकैया खोला तर्दै गर्दा बाढीले बगाएको हो। हालसम्म उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट