डीएसपी शाहीसहित तीनको आईएसआईएस सँग कनेक्सन
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीएसपी हेमबहादुर शाहीसहित तीन नेपाली नागरिकविरुद्ध अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसआईएससँगको सम्बन्ध रहेको आरोप लागेको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूमाथि अनुसन्धानलाई तीव्रता दिएको छ ।
कैलाली घर भएका डीएसपी शाहीसहित कालीकोटका महेन्द्रजंग शाह र दिपेन्द्रबहादुर शाहमाथि इन्टरपोलले शंकाको घेरामा पारेपछि नेपाल प्रहरीले अनुसन्धान थालेको हो । विशेषतः डीएसपी शाही र विवादित छवि भएका महेन्द्रजंग शाहबीचको सम्बन्धलाई लिएर अनुसन्धान केन्द्रित गरिएको छ ।
सिंगापुर प्रहरीले महेन्द्रजंग शाहमाथि आईएसआईएससँग आर्थिक कारोबारमा संलग्न भएको आशंका गरेको छ । उनी नेपालभन्दा विदेशमा बढी समय बिताउने गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एनसीवी सिंगापुरले महेन्द्रजंग शाह आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आईएसआईएससँग आर्थिक कारोबारमा जोडिएको आंशका गरेको छ। उक्त संगठनका मतियारहरू नेपालमा अन्य पनि रहेको हुनसक्ने अनुमान छ। प्रहरीले शंकास्पद अन्य व्यक्तिहरूको पनि निगरानी गरिरहेको छ।
इराक र सिरियामा उत्पत्ति भएको आईएसआईएस एक अतिवादी इस्लामिक संगठन हो । यो संगठन विभिन्न देशमा फैलिएको छ र आतंकवादी गतिविधिमा संलग्न रहने गरेको छ ।
प्रहरीले महेन्द्रजंग शाहसँग सम्बन्धित अन्य व्यक्तिहरूको पनि निगरानी बढाएको छ । नेपालमा आईएसआईएसका अन्य सदस्यहरू पनि हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको छ ।
सुरक्षा विज्ञहरूका अनुसार नेपालमा आईएसआईएसको गतिविधि बढ्न सक्ने खतरा छ । खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण यो संगठन नेपालमा सजिलै सक्रिय हुन सक्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस