Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

बुद्ध एयरको १६ वर्ष पुरानो एटिआर ४२ जहाजको आज अन्तिम उडान


बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटिआर ४२ जहाजलाई मंगलबार औपचारिक रूपमा बिदाई गरेको छ। यो जहाजले ७०,००० घण्टाको उडान अवधि पूरा गरेपछि ९एन-एआईएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाई गरिएको हो।

मंगलबार बिहान गरिएको माउन्टेन फ्लाइट यो जहाजको अन्तिम कमर्सियल उडान रह्यो। बुद्ध एयरले यो जहाज नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई फायर फाइटिङ अभ्यासका लागि हस्तान्तरण गर्ने घोषणा गरेको छ।

यो जहाजले नेपालमा ४०,००० उडान अवतरण साइकल पूरा गरेको छ, जबकि नेपाल ल्याउनुअघि यसले ३०,००० साइकल उडान गरिसकेको थियो। बुद्ध एयरका अनुसार, यो जहाजले नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको थियो। बुद्ध एयरसँग एटिआर ४२ सिरिजका तीन जहाज थिए, जसमध्ये एक जहाज उडान आवर सकिएपछि बिदा गरिएको हो।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट