Techie IT
२०८२ वैशाख १८, बिहीबार

आजको राशिफल (माघ १३, २०८१)


आज विक्रमस संवत २०८१ साल माघ १३ गते, आइतबार । ईश्वी सन् २०२५ जनवरी २६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३८ मिनेट । पण्डित ज्योतिष जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल हेर्नुहोस्,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
नोकरीमा पदोन्नतिको योग रहेको छ। सन्तानसँग समय बिताउन पाउँदा मन खुसी हुनेछ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ भने माया प्रेममा सफलता हात लाग्नेछ।

वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो):
आर्थिक विषयमा विवाद हुन सक्नेछ। नसोचेका खर्चले तनाव बढाउन सक्छ। प्रेमसम्बन्धमा मनमुटाव हुने सम्भावना छ। बोलिमा नियन्त्रण राख्नुहोला, अन्यथा सम्बन्धमा दरार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
व्यापार र उद्योगमा लगानीका लागि उपयुक्त समय छ। पढाइ लेखाइमा ध्यान दिनुभयो भने राम्रो नतिजा आउनेछ। माया प्रेममा सफलता मिल्नेछ भने नयाँ अवसरले जीवनलाई फराकिलो बनाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
पढाइ लेखाइमा प्रगति हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। सरकारी कामकाजमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा सामञ्जस्य बढ्नेछ भने आर्थिक स्थितिमा सुधार आउने संकेत छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
आर्थिक उन्नति हुनेछ। नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ। बौद्धिक क्षेत्रबाट मान सम्मान प्राप्त हुनेछ। यात्रा गर्ने योजना बनिरहेको छ भने सफल हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
पारिवारिक तनावले मन अशान्त बन्नसक्छ। स्वास्थ्यमा समस्या देखिन सक्छ, विशेष गरी खानपानमा ध्यान दिनुहोला। अध्ययनमा सुधार गर्न मिहिनेत आवश्यक छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
नजिकका आफन्तसँग सहकार्य गर्दा फाइदा हुनेछ। पढाइमा प्रगति हुनेछ भने सामाजिक प्रतिष्ठा पनि बढ्नेछ। पुराना विवादहरू समाधान हुनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
परिवारसँग समय बित्नाले मन खुसी हुनेछ। व्यवसायमा सफलता मिल्नेछ। पुरानो रोगबाट छुटकारा पाउन सकिनेछ। माया प्रेममा पनि सुधार आउने संकेत छ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे):
सहयोगीहरूको साथले काम सफल हुनेछ। अध्ययनमा राम्रो परिणाम आउनेछ। वैदेशिक कामको सम्भावना छ। सामाजिक कार्यमा सक्रिय हुँदा प्रतिष्ठा बढ्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो):
अचानक खर्चको योग रहेको छ। निर्णय लिँदा परिवारको सल्लाह लिनुहोला। स्वास्थ्यमा समस्या देखिनसक्छ, ध्यान दिनुहोस्। ठूला लगानी नगर्नु उचित हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
पुरानो सम्पत्तिको फाइदा लिन सकिनेछ। नयाँ ऊर्जा र उत्साहले भरिनुहुनेछ। धार्मिक गतिविधिमा समय बित्नेछ। पारिवारिक सहयोगले मनोबल बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची):
नयाँ जिम्मेवारी आउनेछ। बौद्धिक कार्यमा सफलता हात पर्नेछ। साना कुरामा ध्यान दिनुहोला, अन्यथा तनाव बढ्न सक्छ। पिपलको पूजा गरेमा दिन शुभ बन्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट