Techie IT
२०८३ जेष्ठ ९, शनिबार

जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुगे रवि


काठमाडौं । रास्वपा सभापति एवं सहकारी ठगी अभियुक्त रवि लामिछाने जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुगेका छन् । उनी आज (सोमबार) कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् । 

रविले कास्की अदालतको निर्णयविरुद्ध उच्च अदालतमा पेस गरेको निवेदन दर्ता भएको छ । 

कास्की अदालतले गत पुस २५ गते थुनछेक बहससम्बन्धी सुनुवाइको आदेशमा फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरेकोमा चित्त नबुझेको भन्दै आज उनले उच्चमा निवेदन दिएका थिए । 

कास्की अदालतले रविलाई ६० लाख धरौटी माग गरेको थियो । उनले उक्त  बेरितको आदेश बदर गरि दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनि दावी गरेका छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट