राष्ट्रपतिका छोराविरुद्ध भ्रष्टाचारको आरोप, विदेश यात्रामा प्रतिबन्ध
.png)
श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षका छोरा योशिथा राजापाक्षलाई सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएपछि सोमबार देश छाड्न प्रतिबन्ध लगाइएको छ ।
योशिताविरुद्धको मुद्दा वर्षौं पुरानो हो, तर राष्ट्रपति अनुरा कुमारा दिसानायकेले चुनावमा शानदार जित हासिल गरेपछि यसलाई अनुसन्धान प्रक्रियामा अघि बढाइएको छ ।
शक्तिशाली राजापाक्ष परिवारका कैयौँ सदस्य र उहाँका निकट सहयोगीहरूमाथि वर्षौंदेखि भ्रष्टाचार र हत्यालगायत विभिन्न अपराधको आरोप लगाइएको छ ।
सन् २००५ देखि २०१५ सम्म आफ्ना पिता सत्तामा रहँदा घर खरिद गर्दा प्रयोग हुने आम्दानीको स्रोतबारे बताउन नसकेको प्रहरीले बताएपछि ३६ वर्षीय पूर्व जुनियर नौसैनिक अधिकारी योशितालाई यात्रा प्रतिबन्ध लगाइएको हो ।
उहाँलाई पक्राउ गरी दुई दिन हिरासतमा राखिएको थियो र सोमबार कोलम्बोका एक म्याजिस्ट्रेटले १० करोड भारु (तीन लाख ४४ हजार अमेरिकी डलर) को धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
योशिताले अनुसन्धानकर्ताहरूसँग आफ्नी हजुरआमाले दिएको रत्नहरू बेचेर सम्पत्ति किन्नका लागि पैसा जम्मा गरेको दावी गरेका थिए ।
सोधपुछ गर्दा हजुरआमाले ती बहुमूल्य पत्थरहरू कसरी प्राप्त गरे भनी जानकारी नभएको बताएका थिए ।
उनलाई सन् २०१६ मा टेलिभिजन नेटवर्क खरिद गरेको अभियोगमा पक्राउ गरिएको थियो । यी दुवै घटना वर्षौंदेखि निष्क्रिय अवस्थामा थिए ।
श्रीलङ्काको संसद्मा सांसद रहेका उनका जेठा दाई नमालले पनि सम्पत्ति शुद्धीकरणको छुट्टै आरोप खेपिरहेका छन् ।
सन् २०२४ को सेप्टेम्बरमा सत्तामा आएका राष्ट्रपति दिसानायकेले विचाराधीन फौजदारी मुद्दालाई छिटो छरितो बनाउने र विदेशमा लुकाएर राखेको भनिएको चोरीको सम्पत्ति फिर्ता ल्याउने वाचा गरेका थिए ।
मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले कोलम्बोमा पत्रकारहरूसँग कुरा गर्दै नयाँ सरकारले फौजदारी अनुसन्धान विभागलाई अभियोजनलाई गति दिन थप स्रोत उपलब्ध गराइरहेको बताए ।
तपाईको प्रतिक्रिया दिनुहोस