Techie IT
२०८२ वैशाख १८, बिहीबार

आजको विस्तृत राशिफल (माघ १५)


आज २०८१ साल माघ १५ गते मंगलबार माघ कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जनवरी २८ तारिख। नेपाल नर्सिङ्ग दिवस ।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४० मिनेट । आजका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार गर्नुभएको आजको राशिफल;

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईँको लागि सकारात्मक छ। भाग्यले साथ दिने हुँदा तपाईंले सोचेजस्तो काम सहजै सम्पन्न हुनेछ। सरकारी तथा सामाजिक क्षेत्रमा योगदान गर्ने अवसर पाउन सकिनेछ। शिक्षामा रुचि बढ्नेछ, जसले नयाँ ज्ञान हासिल गर्न मद्दत गर्नेछ। प्रेम जीवनमा खुशी छाउनेछ भने दाम्पत्य जीवन पनि सुखद रहनेछ। धार्मिक यात्राको सम्भावना छ, जसले तपाईंको आत्मिक शान्तिमा सहयोग पुर्‍याउनेछ। शेयर बजार र वित्तीय क्षेत्रमा लगानी गर्नेले मनग्गे लाभ लिन सक्नेछन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन परिवार र आर्थिक क्षेत्रमा चुनौतीपूर्ण रहन सक्छ। व्यापारमा भनेजस्तो नाफा कमाउनका लागि धेरै समय र मेहनत गर्नुपर्नेछ। पति-पत्नी तथा चेली माइतीबीच विवाद बढ्न सक्छ। छरछिमेक तथा आफन्तहरूसँग पनि असमझदारी बढ्न सक्ने सम्भावना छ। अध्ययनमा मन नलाग्नाले पछाडि पर्ने खतरा छ। साँझपख छोटो यात्राको सम्भावना रहेकाले यात्रा गर्दा सतर्क रहनु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन विशेष लाभदायी रहेको छ। व्यापार, उद्योग र शेयर बजारमा गरिएको लगानीबाट राम्रो आम्दानी हुनेछ। आर्थिक अवस्थामा सुधार आउने हुँदा भौतिक सुख-सुविधाका साधन खरिद गर्न सकिनेछ। लामो समयदेखि चलेको प्रेम सम्बन्ध विवाहमा परिणत गर्ने वातावरण सिर्जना हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। साँझपख यात्रा गर्दा आफ्नो स्वास्थ्य र सुरक्षामा ध्यान दिनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो)
आजको दिन अलि चुनौतीपूर्ण देखिन्छ। मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्तिमा ढिलाइ हुनेछ। आफन्त तथा साथीभाइसँग साना कुरामा विवाद हुन सक्छ। शत्रुहरूले तपाईँको कमजोरीको फाइदा उठाउने प्रयास गर्नेछन्। न्यायिक निर्णयहरू तपाईँको विपक्षमा जान सक्छन्। अध्ययनमा ध्यान दिन नसक्दा अपेक्षित नतिजा प्राप्त नहुन सक्छ। साँझपख प्रेम जीवनमा भने सकारात्मक परिवर्तन आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन रमाइलो हुनेछ। स्वादिष्ट भोजन र शुभचिन्तकहरूसँगको भेटघाटले तपाईंको मन प्रफुल्ल बनाउनेछ। व्यापारमा राम्रो लाभ हुनेछ भने नयाँ योजना बनाउने अवसर पाइनेछ। प्रेम जीवनमा निकटता बढ्नेछ, जसले भावनात्मक सम्बन्धलाई थप प्रगाढ बनाउनेछ। नयाँ सामान र उपहार प्राप्त हुने सम्भावना छ। परिवारका सदस्यहरूको सल्लाहलाई प्राथमिकता दिनु राम्रो हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
घर-परिवार र पैत्रिक सम्पत्तिमा विवाद हुनसक्ने सम्भावना छ। सवारी साधन चलाउँदा वा यात्रा गर्दा सतर्क रहनुहोला। स्वास्थ्यमा समस्या देखिन सक्छ। व्यापारमा भनेजस्तो नाफा नआउन सक्छ, जसले दैनिकीलाई असर गर्न सक्छ। उच्च महत्वाकांक्षा राख्दा केही समस्या उत्पन्न हुन सक्छ। प्रेम जीवनमा सामान्य असमझदारी देखिनेछ, त्यसैले सहनशीलता अपनाउनु उचित हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन मिश्रित फलदायी छ। व्यापारमा समय र श्रम बढी लगानी गर्नु पर्नेछ, तर प्रतिफल तुलनात्मक रूपमा कम हुने सम्भावना छ। छरछिमेक र दाजुभाइसँग साना कुरामा विवाद बढ्न सक्छ। सामाजिक क्षेत्रमा सक्रिय भए पनि आलोचकहरूको संख्या बढ्नेछ। प्रेम सम्बन्धमा धोका पाउने सम्भावना रहेको हुँदा आजको दिन सतर्क रहनुहोला। कृषि, पशुपालन र सवारी साधनको खरिदबिक्रीबाट भने लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिले गरेका प्रयासहरू सफल हुनेछन्। खाद्यान्न, गरगहना र शेयर बजारमा गरिएको लगानी लाभदायक बन्नेछ। आर्थिक पक्ष मजबुत हुने हुँदा आफ्नो चाहना पूरा गर्न सकिनेछ। प्रतिस्पर्धीहरूलाई परास्त गर्न सकिनेछ भने परिवारसँग रमाइलो वातावरणमा समय बित्नेछ। पढाइमा थोरै प्रयासले पनि उत्कृष्ट नतिजा हात लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आजको दिन निकै सकारात्मक छ। कलात्मक र रचनात्मक कार्यमा संलग्न व्यक्तिहरूका लागि राम्रो समय छ। राजनीति गर्नेहरूलाई पद प्राप्तिको सम्भावना छ। व्यापारमा नयाँ लगानीको सुरुवात गर्न सकिनेछ। विद्यार्थीहरूले खोजमूलक काममा सफलता पाउनेछन्। प्रेम जीवनमा उत्साहजनक समय बित्नेछ। साँझपख सांगीतिक यात्राको सम्भावना रहेको छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला, नत्र राज्यबाट जरिवाना र दण्ड हुनसक्छ। माया प्रेममा दूरी बढ्न सक्ने हुँदा सावधानी अपनाउनुहोला। वैदेशिक यात्राको सम्भावना छ, जसले आर्थिक क्षेत्रमा सुधार ल्याउन सक्छ। विदेशमा रहेका व्यक्तिहरूले आजको दिनलाई अवसरका रूपमा लिन सक्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तपाईंको आर्थिक अवस्था मजबुत हुनेछ। परिवार र साथीभाइबाट सहयोग प्राप्त हुनेछ। शिक्षा र शेयर बजारमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। दाजुभाइको सहयोगले सवारी साधन खरिद गर्न सकिनेछ। प्रेम जीवनमा आत्मीयता बढ्नेछ। साँझपख यात्रा गर्दा सतर्क रहनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
दिनभर कडा परिश्रम गरे पनि अपेक्षाकृत परिणाम प्राप्त नहुन सक्छ। व्यापार व्यवसायमा समय लगानी गर्दा फाइदा हुने सम्भावना छ। पारिवारिक जीवनमा केही असमझदारी आउन सक्छ। प्रेम जीवनमा सतर्कता अपनाउनुहोला। साँझपख व्यापारमा सुधार देखिने संकेत छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट