आजको राशिफल - २०८१ माघ १९

आज विक्रम संवत २०८१ साल माघ १९, शनिबार । माघ शुक्ल पक्षको तृतीया तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी १ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४३ मिनेट । दिनमान २७ घडी ६ पला । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशी तयार पार्नुभएको आजको फलादेशः
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भौतिक सम्पत्ति जुट्नेछ भने उपहार प्राप्त हुने सम्भावना छ । दाजुभाइको सहयोगमा नयाँ काम गर्दै आम्दानी बढाउन सकिनेछ । बौद्धिक क्षमताले समाजमा राम्रो स्थान बनाउने मौका मिल्नेछ । मनोरञ्जन र यात्रामा दिन रमाइलो गरी बित्नेछ ।
वृष (इ, ऊ, ए, ओ, वा, वि, वु, वे, वो)
व्यवसायमा सुधार गर्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । मातापिताको सहयोगले काम सजिलो हुनेछ । माया प्रेममा निकटता बढ्नेछ । धार्मिक र सामाजिक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ । शुभकार्यमा सहभागी भई मिष्ठान्न भोजनको अवसर पाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तारिफयोग्य काम गर्दै प्रशंसा बटुल्न सकिनेछ । अनुसन्धान र ज्ञानमा लगानी गर्दा राम्रो नतिजा प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । धार्मिक यात्रामा निस्कने सम्भावना छ । व्यापारिक गतिविधिमा प्रगति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ । अध्ययनमा ध्यान दिन गाह्रो हुनेछ भने काममा चुनौती आउनेछ । पुराना समस्या दोहोरिन सक्छन् । यात्रा गर्दा सतर्क रहनुहोला । आकस्मिक धन लाभको सम्भावना भए पनि अवसर टर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक यात्रा हुने सम्भावना छ । पर्यटन व्यवसायमा संलग्नले मनग्गे आम्दानी गर्नेछन् । पढाइमा राम्रो नतिजा प्राप्त हुनेछ । राजनीतिमा सक्रिय रहने अवसर मिल्नेछ । प्रिय व्यक्तिबाट उपहार प्राप्तिको सम्भावना छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बन्द व्यापारबाट राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धामा विजयी भई प्रतिष्ठा कमाउनेछ । स्वास्थ्यमा सुधार हुनेछ । पत्रकार र राजनीतिकर्मीहरूका लागि समय सकारात्मक रहनेछ । यात्रामा रमाइलो हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । परिवारसँग रमाइलो समय बित्नेछ । सामाजिक काममा संलग्न हुँदा सबैले प्रशंसा गर्नेछन् । आकस्मिक धन लाभको योग रहेकोछ । प्रियजनबाट उपहार प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तसँग मनमुटाव हुने सम्भावना छ । व्यवसायमा चुनौती आउनेछ । प्रेम सम्बन्धमा शंका उब्जन सक्छ । स्वास्थ्यमा समस्या देखिने भएकाले ध्यान दिनुहोला । कृषि व्यवसाय भने फस्टाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
नयाँ कामबाट आम्दानी बढ्नेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । साहस र पराक्रमले लक्ष्य हासिल गर्न सकिनेछ । विवादका बीच पनि राम्रो काम गर्न सकिनेछ। दाम्पत्य जीवन सुखद रहनेछ ।
मकर (भो, ज, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
विचारमा आएको परिवर्तनले राम्रा काम गर्न प्रेरित गर्नेछ । व्यवसाय फस्टाउनेछ । आफन्तसँग रमाइलो समय बित्नेछ । सञ्चित सम्पत्तिको सदुपयोग गर्दै फाइदा लिन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
क्षमताको प्रदर्शन गर्दै नाम र दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । समाजसेवामा समय दिन सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
स्वास्थ्यमा समस्या आउने भएकाले ध्यान दिनुहोला । आर्थिक अवस्था कमजोर हुन सक्छ । पढाइ लेखाइमा ध्यान दिन गाह्रो हुनेछ । धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त हुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस